काठमाडौं । सन्तान नभएका कारण धेरै विवाहित जोडको घरबार उजाड भएका थुप्रै उदाहरण छन् ।
नेपालमा पनि सन्तान सुखका लागि विभिन्न उपायहरू अपनाउने गरिएका छन् । आजकाल पत्रपत्रिकामा आउने विज्ञापनले सन्तान नभएका पीडित जोडीसँग पैसा असुल्ने र सन्तानको ज्ञारेन्टी पनि दिन्छन् ।
भावनासँग खेल्ने खेलावड कसैलाई हुँदैन । विज्ञानेले सन्तान सुख पाउनका लागि केही उपय पनि आविस्कार गरेको छ । सन्तान सुख पाउनका लागि नेपालमा पनि सम्भव छ ।
आधुनिक चिकित्सा विज्ञानले धेरै प्रगति गरेको छ । निःसन्तान दम्पतीको उपचार अनि उपचार सम्भव नभए असिस्टेट रिप्रोडक्टिभ टेक्निक्सहरू अर्थात् शुक्रकिटको बिजारोपण तथा टेस्टट्युब बेबीजस्ता प्रविधि पनि नेपालमा उपलब्ध भएकाले यसको उपाय छ भन्नुपर्छ ।
सन्तान नभएका धेरै दम्पतीले यसरी सन्तान जन्माएका पनि छन् । नेपाल सरकारको प्रसूति गृह थापाथलीमा समेत यो सुविधा छ ।
यद्यपि चिकित्साविज्ञानमा ग्यारेन्टी भन्ने कुरा भने हुँदैन । कसैले ग्यारेन्टी गर्छ भने त्यो उसको व्यक्तिगत कुरा होला, कुनै पनि जेन्युअन चिकित्सक वा अस्पतालले ग्यारेन्टी गर्न सक्दैनन् ।















प्रतिक्रिया