टोकियो । जापानका सिन्तो धर्मावलम्बीहरूमा लासलाई आकर्षक ढंगले सजाएर दाहसंस्कार गर्ने चलन छ ।
आत्मा शुद्धिका लागि लासलाई नयाँ पहिरनले सजाएर अन्तिम संस्कार गरिने यो चलन अहिले प्रतिस्पर्धात्मकसमेत हुँदै गएको छ ।
बढ्दो आर्थिक समृद्धिका कारण परिवारका कुनै सदस्यको मृत्यु भए उसलाई महँगा पोसाक लगाइदिएर बिदाइ गर्ने यो चलन बढ्दै गएपछि विभिन्न कम्पनीले लास सजाउने कार्यलाई आफ्नो मुख्य पेसा बनाउँदै लगेका छन् ।
यही क्रममा हालै जापानको राजधानी टोकियोमा मृत्युपछिको संस्कारसम्बन्धी मेला नै सञ्चालन भएको थियो ।
उक्त मेलामा लास सजाउने प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा २३ वर्षीया रिनो तेराईले पहिलो स्थान हात पारिन् ।
लास सजाउने ओकिरिबिटो एकेडेमी सञ्चालन गर्दै आएका किमुरा कुसीका अनुसार जापानमा लास सजाउने कार्यमा २ हजारजति मानिस सक्रिय छन् । – एजेन्सी















प्रतिक्रिया