बारा, ८ असोज । बारा जिल्लाको जितपुर– सिमरा उप–महानगरपालिकाको मेयरमा कृष्ण पौडेल र उप–मेयरमा सरस्वती चौधरी निर्वाचित भएका छन् ।
कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै पौडेल मेयर र चौधरी उप–मेयरमा निर्वाचित भएका हुन् ।
पौडेलले १४८६५ मत ल्याएका छन् । चौधरीको पक्षमा १४४५९ मत खसेको छ ।
काग्रेसका कृष्णब्रत सिंहले १२०४३ मत पाएका छन् । कांग्रेसकी निरु रायमाझीले उपमेयरमा १२४६५ मत प्राप्त गरिन् ।
माओवादी केन्द्रका राजन पौडेलले ११२४८ मत ल्याए । माओवादी केन्द्रकी गायत्रीदेवी थरुनीले उपमेयरमा १०८६६ मत ल्याइन् ।











प्रतिक्रिया