३ कार्तिक २०८३, मंगलबार

अन्तर्राष्ट्रिय अवार्डमा सपनाले नेपालको प्रतिनिधित्व गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लक्जरी ब्राण्ड मोडल अवार्ड २०१७’ मा काठमाडौंकी ३१ वर्षीया सपना थापाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

‘लक्जरी ब्राण्ड मोडल अवार्ड’को लागि आधिकारिकता प्राप्त संस्था इप्लानेट नेपालले उनलाई सो प्रतियोगीतामा पठाउन लागेको हो ।

हालै राजधानीमा आयोजित मिसेस ग्लोवल २०१७ मा बेष्ट पर्सनाली अवार्ड हात पार्न सफल उनी प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै अवार्डका लागि छानिएकी हुन् ।

‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ आगामी अक्टुबर २० देखि २४ सम्म कोरियाको लियोलमा आयोजना हुँदैछ । ६० बढी राष्ट्रका सुन्दरीहरूको सहभागिता रहने प्रतियोगितामा यो नेपालको दोस्रो सहभागिता हो ।