३० आश्विन २०८३, शुक्रबार

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ८ असोज । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ ।

मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ ।

गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । – सिन्ह्वा