काठमाडौं, ७ असोज । नेकपा एमाले दोलखाका नेताहरुले आगामी मंसिरमा हुन लागेको केन्द्र र प्रदेशको निर्वाचनमा एकजुट भएर पार्टीा उम्मेदवार जिताउने अठोट गरेका छन । दशैं, तिहार, नेपाल सम्बत र छठको अवसरमा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई र केन्द्रीय सदस्य तथा दोलखा इचार्ज पार्वत गुरुङले पार्टी केन्द्रीय कार्यालयले तोक्ने उम्मेदवारलाई जिताउन सवै नेता तथा कार्यकताृ एकजुट भएर लागने अठोट गर्नुभएको हो ।
दोलखाका सवै नेताहरुको तर्फाट धारणा राख्दै पोलिटब्युरो सदस्य पुशपति चैलागाईले केन्द्रीय कार्यालयले सामाजिक न्यायको आधारमा प्रदेश र केन्द्रमा उम्मेदवार तोक्ने जानकारी दिँदै पार्टी निर्णयअनुसार जिताउन लाग्ने बताउनु भयो । ‘टिकट हामील्े दिने होइन, एमाले केन्द्रीय कार्यालय धुम्बाराहीले प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेदवार तोक्छ, धुम्बाराहीले जसलाई उम्मेदवार तोक्छ, हामी सवै जिताउन लाग्छौं, एमालेका नेता कार्यकर्ता कोही पनि कुनै नेताको पक्षमा लागेर बिभाजित हुनुहुन्न,’ चौलागाईले भन्नुभयो, ‘जस्ले पाए पनि एमालेका नेता कार्यकर्ताले पाउने हो, उम्मेदवार बन्ने अपेक्षा राख्नु अपराध होइन, तर निर्णय जे हुनछ, त्यही बोकेर हिडने हो ।’ उहाँले को बयक्तिले टिकट पायो भन्नेतिर नलाग्न कार्यकर्ता पंक्तिलार्य निर्देशन दिनुभयो ।
केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पावृत गुरुङले दोलखामा एक से एक नेता रहेो भन्दै निकासका लागि आफूह बाधक नबन्ने बताउनु भयो । ‘हामी मञ्चमा बस्ने कोही पनि नेता बाधक बन्दैनौं, म पनि बाधक बन्दिन, कार्यकर्ता र दोलखाली जनताको भावनाअनुसार निर्णय गराउन लाग्छौं, जस्ले टिकट पाए पनि दृढताका साथ जिताउन लाग्छौं, प्रदेश र केन्द्रको सरकार बनाएर आर्थिक संमृद्धिको लक्ष हासिल गर्न एमालेलाई जिताउनुको कुनै बिकल्प छैन,’ गुरुङले भन्नुभयो । उहाँले नेता कार्यकर्ताको ब्यवस्थापन हुने प्रष्ट पार्दै चुनावको अभियानमा होमिन सवैलाई आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा एमाले नेताहरु चौलागाई, गुरुङका अतिरिक्त आनन्द पोखरेल, लालकुमार केसी, शिबप्रसाद भण्डारी, चोकबहादुर दाहाल, सरस्वती बस्नेत, श्यामकुमार बस्नेत, बालकृष्ण शिवाकोटी, गणेश बस्नेत, भरत दुलाल, डवल पाण्डेलगायत हुनुहुन्थयो । दोलखामा प्रदेश र केन्द्रमा गरी एक दर्जन भन्दा बढी नेताहरु आकांक्षी छन । कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटी र सचिव हरिहर कार्कीले दोलखामा एमाले उम्मेदवार जिताउन आफूहरु दृढताका साथ लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो ।












प्रतिक्रिया