११ मंसिर २०८३, शुक्रबार

मधेसमा एमालेको हारको कारण खोले सचिव विष्टले

20.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । एमालेका सचिव गोकर्ण विष्टले अध्यक्ष केपी ओलीसहितका केही शीर्ष नेताहरूको अभिव्यक्तिले मधेसमा एमालेलाई ठूलो नोक्सानी भएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव विष्टले शीर्ष नेताहरूले आफ्नो अभिव्यक्ति सम्हाल्न नसक्दा यस्तो अवस्था आएको बताए ।

‘अध्यक्षसहितका केही नेताहरूको अभिव्यक्तिले पनि मधेसमा एमालेलाई यस्तो अवस्था भोग्नु परेको हो’, उनले भने, ‘अबको निर्वाचनमा कसरी बहुमत ल्याउने हो त्यसतर्फ केन्द्रित हुन्छौँ ।’

सचिव विष्टले प्रदेश नम्बर २ को चुनावी नतिजा पार्टीले आन्तरिक रुपमा गरेको अनुमान अनुसार नै आएको खुलासा गरे ।

‘बाहिर जे भनिए पनि पार्टीभित्रको छलफलमा अहिले आएको नतिजामा चित्त बुझाउनु पर्छ भनेका थियौँ’, उनले भने, ‘यो नतिजा आउनुमा एमालेका ठूला नेता दोषी छन् । हामीले करिव करिव यस्तै परिणाम आउँछ भनेर सोँचेका थियौँ ।’

‘एमालेका विरुद्ध चारैतर्फबाट घेराबन्दी गरियो’, सचिव विष्टले भने, ‘एमालेलाई मधेसी जनता विरोधी पार्टी हो भन्ने दुश्प्रचार गरिएको थियो ।’