१५ कार्तिक २०८३, आइतबार

विदाको दिन खुल्यो मन्त्रालय, भयो जागिर खाइदिने निर्णय !

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री देवले सरकारी बिदाको दिन (बिहीबार) मन्त्रालयमा सचिव महेश्वर न्यौपानेलगायत उच्च अधिकारीसँग बैठक बसी चौबीस घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

मन्त्रालय स्रोतले भन्यो, ‘जवाफ आइतबारभित्र आउँछ होला ।’ नागरिक दैनिकले समाचार छापेको छ ।