११ मंसिर २०८३, शुक्रबार

वैद्य माओवादीले गर्‍यो महत्वपूर्ण निर्णय, ‘प्रचण्ड’को पार्टीलाई धक्का लाग्न सक्ने

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने भएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको हो ।

पार्टीले चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचनमा तालमेल नगर्ने निर्णय गरेको छ ।

मोर्चाले समान विचार राख्ने अन्य पार्टी र संगठनसँग कार्यगत एकता र तालमेल गर्ने नीतिअनुरुप आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष सिपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी क्रान्तिकारी निर्वाचनमा भाग लिने निर्णय गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई धक्का लाग्न सक्ने अनुमान गरिएको छ । वैद्यले माओवादी केन्द्रको मत काट्न सक्ने अनुमान गरिएको छ ।