
काठमाडौँ, ७ असोज । एपी वान टेलिभिजनको रियालिटी शो नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् ।
कतारको राजधानी दोहामा शुक्रबार राति सम्पन्न फाइनलमा लामाले नेपाल आइडलको ताज जितेका हुन । दर्शकको सबैभन्दा बढी भोटका आधारमा विजेता घोषणा गरिएको आयोजकले बताएका छन् । नेपाल आइडल बनेका लामाले २० लाख नगदसहित महिन्द्राको कार र १५ लाख बराबरको एल्वम कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।
यसैगरी, निकै आशाका रुपमा हेरिएका निशान भट्टराई फस्ट रनरअप भएका छन् । उनले १५ लाख नगद प्राप्त गरेका छन् ।
प्रताप दास सेकेण्ड रनरअप भएका छन् । सेकेण्ड रनरअप दासले १० लाख रुपैंयाँ नगद पाएका छन् ।
कतारको सनैयामा भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको सहभागिता थियो । नेपालबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता प्रतिष्ठित कलाकार पनि लगिएको थियो । तर, प्राविधिक गडबढीका कारण एपी वानले प्रत्यक्ष प्रशारण भने गर्न सकेन् ।















प्रतिक्रिया