११ मंसिर २०८३, शुक्रबार

काँग्रेस-माओवादी गठबन्धनलाई धनुषामा एमालेले जित्यो मेयर र उपमेयर

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ६ असोज । धनुषाको मिथिला नगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

मेयरमा एमालेका हरिनारायण महतो र उपमेयरमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छिन् । यो नगरपालिकामा काँग्रेसले मेयर र माओवादीले उपमेयरमा भागबण्डा गरेर चुनाव लडेका थिए । एमालेको जितसँगै धनुषाबासी काँग्रेस नेता विमलेन्द्र निधिलाई नराम्रो धक्का लागेका ेछ ।

तर, मेयरमा एमालेका महतोले ६ हजार ७४० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत ल्याए । उपमेयरमा करिब ३ सयको मात्र मतान्तर भयो । एमालेकी ताराकुमारी बस्नेतले ६ हजार ६६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका मीनबहादुर जर्घामगरले ६ हजार ३३८ मत ल्याए ।

योसँगै एमाले धनुषामा चौंथोपटक जित्न सफल भएको छ । धनुषामा एमालेले यसअघि नै मिथिला बिहारी, बाटेश्वर र मुखियापट्टीमा जित हासिल गरिसकेको छ ।