काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले पदाधिकारी, केन्द्रीय सदस्य र संसदीय समितिमा मनोनय गर्नुभएको छ ।
अध्यक्ष राणाले शुक्रबार केन्द्रीय सदस्यहरूमा ठाकुरप्रसाद शर्मा, बाबुराम बस्नेत, नरेश भट्ट र रामशरण पाठकलाई नियुक्ति गर्नुभएको नवनियुक्ति प्रवक्ता किरण गिरीले जानकारी दिए । गिरीका अनुसार कोषाध्यक्षमा निलकण्ठ काफ्ले नियुक्त भएका छन् ।
अध्यक्ष राणाले पार्टी प्रवक्ताको जिम्मेवारी किरण गिरी र राजेन्द्र गुरुङलाई दिएका छन् ।
त्यसैगरी अध्यक्ष राणाले संसदीय समितिमा पनि मनोनय गरेका छन् । समितिका सदस्य रहने गरेर दीपक बोहरा, ध्रुबबहादुर प्रधान, निलकण्ठ काफ्ले, बाबुराम बस्नेत, नरेश भट्ट, ठाकुरप्रसाद शर्मा, विन्दु पहाडी र रामशरण पाठकलाई नियुक्ति गरेको प्रवक्ता गिरीले बताए ।
राप्रपा (प्रजातान्त्रिक)ले छुट्टै अस्तित्व पाएको केही समयपछि अध्यक्ष राणाले पदाधिकारी, केन्द्रीय सदस्य र संसदीय समितिमा नियुक्ति गरेका हुन् ।











प्रतिक्रिया