धनुषा, ६ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेले धनुषामा अर्काे जित हात पारेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको गाउँ नगराइन नगरपालिका वडा नम्बर ७ मा एमाले उम्मेदवार रामदुलार मुखिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
रामदुलारले निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका चुडामणि ठाकुर र कांग्रेसका ईश्वरी शर्मालाई पराजित गरे ।
नगराइन नगरपालिका निधिको निर्वाचन क्षेत्रमै पर्छ । धनुषामा ३ नम्बर निर्वाचन क्षेत्रबाट निधिले चुनाव लड्दै आएका छन् ।
यसअघि क्षेत्र नम्बर ३ मै पर्ने निधिको गृहनगरस्थित मुखियापट्टी मुसर्निया गाउँपालिका पनि एमालेले जितेको थियो । मुखियापट्टी मुसहरनिया गाउँपालिका प्रमुखमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै मिरादेवी महतो विजयी भएकी छन्।











प्रतिक्रिया