काठमाडौं, ६ असोज । प्रदेश नम्बर २ को चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने निश्चित भएको छ । अहिलेसम्म जारी मतगणनामा नेपाली काँग्रेसले वर्चश्व कायम गरेको छ ।
प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ८१ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले २९ सिट जित्न सफल भएको छ । १४ सिटमा काँग्रेसले अग्रता लिइरहेको छ ।
यसैगरी, दोस्रोमा रहेको माओवादीले १४ सिट जितेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ ।
राजापले १३ सिट जितेको छ भने संघीय समाजवादी फोरम ११ सिट जित्दै चौथो स्थानमा छ । एमालेले अहिलेसम्म ८ सिटमात्र जितेको छ । एमाले ५ नम्बरमा खुम्चिएको छ । यसैगरी, फोरम लोकतान्त्रिकले ३ र नेपाली जनताले दले १ सिट जितेका छन् ।












प्रतिक्रिया