११ मंसिर २०८३, शुक्रबार

सिरहाको कल्याणपुर नगरपालिका राजपाले गुमायो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ६ असोज । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा सूर्यनाथ मण्डल र उपमेयर रोहिनी यादव विजयी भएका छन् ।

कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार मण्डलले ४८०४ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरकी उम्मेदवार यादवले ४६६४ मत प्राप्त गरी विजयी भएकी छन् ।

राजपाका मेयरका उम्मेदवारले ४६०६ मत प्राप्त गरेका छन् । उपमेयरले ४४३८ मत आएको छ । यो नगरपालिका राजपा नेपालको पडक मानिन्छ ।