११ मंसिर २०८३, शुक्रबार

महोत्तरीको लोहारपट्टी नगरपालिकामा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ६ असोज । प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरी जिल्लामा कांग्रेसले खाता खोलेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित भएका छन् । उपमेयरमा पनि कांग्रेसकी सरितादेवी शर्माले ४५५२ मत ल्याएर विजयी भएकी छिन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा निशा साहले ३१०३ मत ल्याइन् ।