घोराही, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेका प्रभावशाली नेता शंकर पोखेलले राप्रपा नेता एवं पूर्व वडाध्यक्ष गणेश प्रसाद श्रेष्ठको नेतृत्वमा राप्रपाका कार्यकर्तालाई टिका, खादा लगाएर एमालेमा प्रवेश गराएका हुन् ।
एमालेका केन्द्रिय सदस्य तथा महिला नेतृ सुजिता शाक्य, एमालेका अर्का केन्द्रिय सदस्य मेटमणि चौधरी, पूर्व मेयर अमर डाँगी लगायतको विशेष उपस्थितीमा भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा श्रेष्ठको नेतृत्वमा राप्रपाका नेता, कार्यकर्तासहित काग्रेस, नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी सयौंको संख्यामा एमालेमा प्रवेश गरेका थिए ।
यसरी प्रवेश गर्नेहरुमा घोराहीका विमल कार्की, डम्बर गिरी, राजाराम शाह, नेकपा माओवादीवाट गौरी शंकर श्रेष्ठ, सुरत पोडेल, मनहरजंग शाही (मनु) लगायत रहेका छन् ।












प्रतिक्रिया