काठमाडौं, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनावमा पराजित भएपछि नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले विहिबार आत्महत्या गरेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
सिरहाका स्थानीय पत्रकार राजकमल सिंहले पनि घटना भएको पुष्टि गरे । अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया