३ कार्तिक २०८३, मंगलबार

कोमल र बलिभद्र राना अब एमालेका नेता, अध्यक्ष ओलीले स्वागत गर्ने

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाली कांग्रेस दाङका प्रभावशाली नेता बलिभद्र राना अब एमाले नेता बन्ने भएका छन् । र, चर्चित गायिका कोमल वली पनि राप्रपा छाडेर अब एमालेमा आउन लागेकी छन् । राना र ओली एमालेमा प्रवेश गर्न लागेका हुन् ।

राना र ओलीलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, प्रभावशाली नेता शंकर पोखरेलसहितका नेताहरु असोज ९ गते दाङ जाने भएका छन् । अध्यक्ष ओलीले दाङमै बलिभद्र, कोमलसहित सयौंलाई एमालेमा प्रवेश गराउने तयारी गरेका छन् ।

बलिभद्र र कोमल एमालेमा प्रवेश गर्ने तयारी भएपछि उनीहरु आफू निकट सबैजसोलाई नेता कार्यकर्तालाई एमालेमा लग्न कम्मर कसेर लागिपरेका छन् । स्थानीय तहको निर्वाचनमा उच्च सफलता प्राप्त गरेको एमालेलाई राना र वलीको आगमणले थप मजबुत बनाउने विश्वास लिइएको छ भने कांग्रेसको किल्ला भत्किने भएको छ ।

राप्रपा विभाजन भएपछि कोमलले एमालेमा प्रवेश गर्ने तयारी गरेकी हुन् । वलिभद्र र कोमल एमाले अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता शंकर पोखरेलसँग सम्वादमा छन् । कोमललाई राप्रपा अध्यक्ष कमल थापाले एमालेमा नजान दवाव दिइरहेका छन् । उनले समानुपातिक वा प्रत्यक्ष सांसदमा एक नम्बरमा ओलीको नाम राख्ने भनि आश्वासनसमेत दिएका छन् ।

आगामी निर्वाचनमा कोमलले दाङबाट उम्मेद्वार बन्न चाहिरहेकी छिन् । केही दिनअघि आफू दाङबाट चुनाव लड्न चाहेको सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेकी थिइन् । केही दिनअघि मात्र कोमल एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिइन । पछिल्लो समय कांग्रेसका राना र राप्रपाकी कोमल एमाले नेताहरुसँग बाक्लो भेटघाटमा रहेका थिए ।

एमालेले बलिभद्र र कोमललाई उम्मेद्वार बनाउने वा नबनाउने बिषयमा टुंगो लगाइ नसकेपनि दुवै जनालाई उम्मेद्वार बनाउने सम्भावना रहेको चर्चा एमाले दाङका नेताहरुमाँझ हुन थालेको छ । कोमल दाङको ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने मनस्थितिमा छन् भने वलिभद्र प्रदेश सांसदमा चुनाव लड्ने योजनामा छन् ।

रानालाई रोक्न शंशाक कोइरालादेखि महरासम्मको लबिङ

दाड कांग्रेसमा निकै ठूलो प्रभाव राख्ने बलिभद्र राना एमाले प्रवेशको तयारी गरिरहेका बेला उनलाई रोक्न कांग्रेसदेखि माओवादी केन्द्रका नेतासम्म सक्रिय भएका छन् । माओवादी केन्द्रका नेता उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले उनलाई फकाउन थालेका छन् ।

त्यस्तै, काग्रेस महामन्त्री शंशाक कोइराला र काग्रेस नेता दिपक गिरीले पनि एमालेमा नजान रानालाई फोनमार्फत दवाव दिइरहेका छन् । तर आफ्नो निर्णयमा अडिग रहने राना एमालेमा प्रवेश गरी सांसद बन्ने तयारी गरिरहेका छन् । रानालाई कांग्रेसमै बसिदिन महराले आग्रह गरेका थिए । तर उनले आफू धेरै अघि बढिसकेको भन्दै अस्वीकार गरेको स्रोतले बतायो ।

एमालेका प्रभावशाली नेता शंकर पोखरेल दाङको क्षेत्र नम्बर २ बाट संघमा चुनाव लड्ने तयारी गरेपछि उनले आफ्नो माहोल बनाउन प्रयास गरिरहेका छन् । उनसंग माओवादी नेता कृष्ण महरा चुनाव लड्ने जिल्लामा चर्चा हुन थालेको छ । तर, यस विषयमा महराले समय नआएको भन्दै मुख खोल्न मानेका छैनन् ।

विहिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि एमाले नेता पोख्रेलले आफू क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका थिए । उनले भने– माओवादी नेता कृष्णबहादुर महरा जी नि यही क्षेत्रबाट निर्वाचनमा उठ्ने कुरा सुन्दै छु । मेरो त घर नै यही हो मैले यहाँ उम्मेदवारी दिनु स्वभाविक नै छ । महराजी पहिले दाङ अनि पछि रोल्पाबाट उठ्नुभयो, महरा जीले चुनाव क्षेत्र सार्न जान्नु भएको छ, त्यसैले नयाँ जिल्ला थपिएको छ, त्यहाबाट उठ्दा पनि हुन्छ, जनताले नैतिकताको राजनीति कसले गर्यो भनेर पक्कै बुझनेछन् ।’