११ मंसिर २०८३, शुक्रबार

पर्साको ठोरी गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी, वडामा पनि वर्चश्व

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ५ असोज । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

निर्वाचन कार्यालयद्वारा भर्खरै सार्वजनिक मतपरिणाममा माओवादी केन्द्रका उम्मेदवार पदमलाल श्रेष्ठ २८०२ सहित गाउँपालिका अध्यक्ष निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठ २३६३ मत पाए ।

यस्तै, ठोरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी शान्तिमाया थिङ्ग २४६३ मत प्राप्त गर्दै विजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमालेकी गोकुली कुमारी रेग्मी २३०२ मतसहित पराजित भइन् ।

ठोरी गाउँपालिकामा ५ वडामध्ये वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवर, वडा नम्बर २ मा कांग्रेसका किशोर तामांग, वडा नम्बर ३ मा माओवादी केन्द्रका सुर्य बहादुर लामा, वडा नम्बर ४ मा पनि माओवादी केन्द्रकै बी बहादुर तामांग र वडा नम्बर ५ मा एमालेका राम बहादुर पाख्रिन विजयी भए ।