
गौर, ५ असोज । रौतहटमा स्थानीय तहको निर्वाचनमा भोट नदिएको विषयलाई लिएर कांग्रेस र राजपाका कार्यकर्ताबीच हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरीया नगरपालिका वडा नम्बर ८ का ५० वर्षीया रामपुकार राय रहेका छन् । उनी राजपानिकट व्यक्ति भएको बताइएको छ । आफूहरुलाई भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताले विवाद गरेपछि भएको झडपमा बुधबार राति ९ बजेतिर यादवको मृत्यु भएको हो । झडपमा यादव झगडा छुट्याउन गएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले कांग्रेस र राजपाबीच भएको झडपमा यादवको मृत्यु भएको जानकारी दिए । ‘दुबै पक्षको कुटाइबाट यादवको ज्यान गयो,’ उनले भने– ‘यो राजनीतिक घटना होइन, राजनीतिक सोचबाबाट भएको व्यक्तिगत घटना हो ।’
घटनालगत्तै प्रहरीले कटहरीया– ८ बलुवाका अनुठा यादव, भुटा यादव, बैजु साह कलवारलाई पक्राउ गरी हिरासतमा राखेको छ ।











प्रतिक्रिया