बारा, ५ असोज । बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । गणनाको सुरुवातीदेखि अग्रता लिइरहेको संघीय समाजवादी फोरमलाई उछिन्दै एमालेले अग्रता लिएको हो ।
एमालेको मेयरका उम्मेद्वार विनोद साहको पक्षमा १ हजार ७ सय ११ मत खसेको छ भने संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार प्रमोद गुप्ताले १ हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् । यससंगै बाराका दुईवटै उपमहागरपालिकामा एमालेले अग्रता लिएको छ ।
बाराको जितपुर सिमरा उपमहागरपालिकामा पनि एमाले उम्मेद्वारले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । एमाले उम्मेद्वार कृष्ण पौडेलले ५ हजार ७ सय ७० मतसहित अग्रस्थानमा छन् भने माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ४ हजार ७ सय ५० मतसहित उनलाई पछ्याइरहेका छन् ।












प्रतिक्रिया