११ मंसिर २०८३, शुक्रबार

१२ स्थानको नतिजा आयो, एमाले सबैभन्दा पहिलो, कस्ले कहाँ जिते ?

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । प्रदेश नम्बर दुईको जारी मतगणनामा १२ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ । जस अनुसार, नेकपा एमालेले बसैभन्दा बढी ४ स्थानीय तहमा जित हासिल गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमले २-२ स्थानमा जित हासिल गरेका छन् भने राजपा र संघीय समाजवादी फोरमले एक-एक स्थानमा विजयी भएका छन्।

यस्तो छ सूची

एमाले

सप्तकोशी नगरपालिका, सप्तरी- मेयरमा नेकपा एमालेका उम्मेदवार उत्तमकुमार शर्मा र उपमेयरमा एमालेकै आशा चौधरी विजयी ।

पटेर्वा सुगौली गाउँपालिका, पर्सा- एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरी विजयी । उपाध्यक्षमा नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै कांग्रेसकी ममता चौधरी विजयी ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा- एमालेका उम्मेद्वार मनोज यादव विजयी ।

बटेश्वर गाउँपालिका, धनुषा- धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बरबहादुर राउत विजयी । उपाध्यक्षमा एमालेकै प्रमिला देवीको जित ।

कांग्रेस

धनुषाको औरही गाउँपालिका – औरहीको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भइन् भने उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी विजयी ।

नवराजपुर गाउँपालिका, सिरहा- अध्यक्षमा कांग्रेसका विश्वमोहनप्रसाद यादव र उपाध्यक्षमा शोभाकुमारी यादव विजयी ।

माओवादी केन्द्र

कर्जन्हा नगरपालिका, सिरहा – मेयरमा माओवादी केन्द्रका गंगा पासवान र उपमेयरमा पार्वती श्रेष्ठ विजयी

अर्नमा गाउँपालिका, सिरहा- अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी । उपमेयरमा माओवादी केन्द्रकी सीयावती मुखिया एमालेकी रामकुमारी महतो भन्दा एक मत बढी ल्याएर विजयी ।

लोकतान्त्रिक फोरम

ईशानाथ नगरपालिका, रौतहट- मेयरमा सन्तोष मेहता र उपमेयर फोरम लोकतान्त्रिककै हुसनी आरा खातुन विजयी

विस्णु गाउँपालिका, सर्लाही- अध्यक्षमा फोरम लोकतान्त्रिकका जवाहरलाल यादव विजयी

संघीय समाजवादी फोरम

विष्णुपुर गाउँपालिका, सिरहा- अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव र उपाध्यक्षमा फोरमकै अरहुलादेवी सिंह विजयी ।

राजपा

हंसपुर नगरपालिका, धनुषा- मेयरमा राजपाका ज्ञान मण्डल र उपमेयरमा राजपाकै रेणु झा विजयी ।