सर्लाही, ५ असोज । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सर्लाहीको विष्णु गाउँपालिकाको प्रमुख जितेको छ ।
फोरम लोकतान्त्रिकका उम्मेद्वार जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका हुन् ।
यसअघि रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएको थियो ।
फोरम लोकतान्त्रिकका उम्मेद्वार सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।
उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएकी छन् । योसँगै फोरम लोकतान्त्रिकले प्रदेश नम्बर २ मा २ स्थानमा विजयी भएको छ ।











प्रतिक्रिया