धनुषा, ५ असोज । धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका डम्बरबहादुर राउत विजयी भएका छन् । उनले २ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् ।
राउतका प्रतिस्पर्धी कांग्रेसका रामअशिष महतोले २ हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत प्राप्त गरी विजयी भएकी छिन् । उनको प्रतिस्पर्धी कांग्रेसकै जनारसी देवीले २ हजार १ सय ९७ मत प्राप्त गरिन ।











प्रतिक्रिया