काठमाडौं, ५ असोज । २ नं. प्रदेशको जारी मतगणनाको पछिल्लो नजिताअनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।
कांग्रेस ४२ स्थानमा अगाडि रहेको छ । दोस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल रहेको छ । संघीय फोरम ३० स्थानमा अगाडि देखिएको छ भने उसले १ स्थानमा विजयी हासिल गरिसकेको छ ।
एमाले १७ स्थानमा अगाडि छ । एमालेले ३ स्थानीय तहमा विजयी हासिल गरिसकेको छ ।माओवादी केन्द्रले १ स्थानमा जितेको छ भने १९ स्थानमा अग्रस्थानमा देखिएको छ ।
राजपा नेपाल १५ स्थानमा अगाडि देखिएको छ ।लोकतान्त्रिक फोरमले एक स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिइरहेको छ ।











प्रतिक्रिया