वीरगञ्ज, ५ असोज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा एमाले विजयी भएको छ ।
एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।
चौधरीले कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका छन् । दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने एमालेकी सञ्जु चौधरीलाई हराउँदै कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् ।
कांग्रेसका पर्साका पूर्व सभापति एवं सांसद सुरेन्द्र चौधरी र एमालेका सांसद तथा पार्टीका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीको क्षेत्र भएकाले पटेर्वा सुगौलीलाई महत्वका साथ हेरिएको थियो ।
गाउँपालिकाको पाँच वडामध्ये २ वडा एमालले र ३ वडा नेपाली कांग्रेसले जितेको छ ।











प्रतिक्रिया