११ मंसिर २०८३, शुक्रबार

वीरगञ्ज महानगरमा एमालेका उम्मेदवारलाई धोका ! कांग्रेसलाई पहिलो जित

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ५ असोज । वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार अली हुसेन देवान विजयी भएका छन् ।

एमालेका उम्मेदवार अमानत अन्सारीलार्इ चार मतको झिनो अन्तरले पराजित गर्दै देवान विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित कांग्रेसका देवानले चार सय ५० मत प्राप्त गरेका हुन् ।

प्रतिद्वन्द्वी एमालेका अन्सारीले चार सय ४६ मत प्राप्त गरेका छन् । वडाध्यक्षममा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्रम्हदेव यादवले भने तीन सय २५ मत मात्रै प्राप्त गरे ।

एमालेका वडाध्यक्षका उम्मेदवार अन्सारीले मतगणनामा खटिएका कर्मचारीले गोलमाल गरी कांग्रेसका उम्मेदवार देवानलार्इ जिताएको आरोप लगाए ।