वीरगञ्ज, ४ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईको महतवपूर्ण जिल्ला पर्साको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
जसअन्तर्गत १४ स्थानीय तह रहेको पर्सामा एक नगरपालिकासहित ५ वटा तहमा अग्रता लिँदै संघीय समाजवादी फोरम नेपाल अगाडि देखिएको छ ।
नेकपा एमाले एक नगरपालिकासहित तीन स्थानीय तहमा, नेपाली कांग्रेस र माओवादी केन्द्र दुई–दुई स्थानीय तहमा तथा नेपाली जनता दलले एक गाउँपालिकामा अग्रता लिइरहेका छन् ।
राजपाको एक स्थानीय तहमा मात्रै अग्रता छ । प्रदेश नम्बर २ को एक मात्र वीरगञ्ज महानगरपालिकामा राजपाको अग्रता कायमै राखेको हो ।
1) संघीय समाजवादी फोरम
– धोबनी गाउँपालिका
– पोखरिया नगरपालिका
– सखुवा प्रसौनी गाउँपालिका
– जगरनाथपुर गाउँपालिका
– छिपहरमाई गाउँपालिका
2) एमाले
– पर्सागढी नगरपालिका
– बिन्दवासनी गाउँपालिका
– पटेर्बा सुगौली गाउँपालिका
3) कांग्रेस
– बहुदरामाई नगरपालिका
– जिराभवानी गाउँपालिका
4) माओवादी केन्द्र
– ठोरी गाउँपालिका
– पकाहा मैनपुर गाउँपालिका
5) राजपा
– वीरगञ्ज महानगरपालिका
6) नेपाली जनता दल
कालिका गाउँपालिका
वीरगञ्ज महानगरमा कसको कति मत ?
(मेयर/उपमेयर)
राजपा २०१४/१९५४
कांग्रेस १७८९/१८८९
संघीय समाजवादी ९४७/१०३०
माओवादी केन्द्र ७११/५८५
एमाले ६११/७००
लोकतान्त्रिक फोरम ५१६/४०१












प्रतिक्रिया