११ मंसिर २०८३, शुक्रबार

सप्तरीमा अघि-अघि एमाले, फोरम र काँग्रेस पछाडि (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ४ असोज । सप्तरीको सुरूङ्गा नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । जारी मतगणनामा नेकपा एमालेका मेयरका उम्मेदवार रामनारायण चौधरीले १२ सय ९७ मत ल्याएका छन् भने दोस्रो स्थानमा नेपाल लोकतान्त्रिक फोरमकी गीता चौधरीले ८ सय ७० मत ल्याएकी छिन् । यसैगरी, नेपाली कांग्रेसका मुक्तिनाथ चौधरीले ८ सय १८ मत ल्याएका छन् ।

सुरूङ्गा नम्बर १ मा एमालेका मुक्तिकुमार कार्कीको प्यानल नै बिजयी भएको छ । वडा नम्बर ११ मा नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरीको प्यानल विजयी भएको बताइएको छ ।

सप्तरीकै सप्तकोशी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।