११ मंसिर २०८३, शुक्रबार

सिरहाको कर्जन्हामा माओवादी केन्द्रले जित्यो मेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकामा जित हासिल गरेको छ । प्रदेश नम्बर दुईमा माओवादी केन्द्रको पहिलो जित हो । यसअघि राजपाले धनुषाबाट मेयर जित्दै खाता खोलिसकेको छ ।

कर्जन्हामा एमालेलाई झण्डै एक हजार मतको अन्तरले हराउँदै माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ निर्वाचित भए ।

मेयरमा पासवान ४ हजार ३०९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका रामदियाल महतोले ३ हजार १९० मत प्राप्त गरे । त्यस्तै, उपमेयरमा माओवादीकी ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी अञ्जु रायले २ हजार ९४५ मत पाइन् ।

निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ मा एमाले विजयी भयो ।