काठमाडौं, ४ असोज । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनअन्तर्गत रौतहटको गौर नगरपालिकाको मेयर पदको मतपरिणाम सार्वजनिक भएको छ ।
पछिल्लो मतपरिणामअनुसार एमाले वरिष्ठ नेता माधव नेपालको गृहनगर गौरमा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिएको छ । राजपाका मेयर उम्मेदवारले १६०१ मत पाएका छन् भने एमाले उम्मेदवार १५६२ मतसहित राजपालाई पछ्याइरहेका छन् ।
यसअघि सोमबार रातिदेखि मतगणना सुरु भएको गौरमा एमालेले लगातार अग्रता लिइरहेको थियो । आज दिउँसो नेता माधव नेपालले मतदान गरेको वडा नम्बर दुईमा राजपाले जितेसँगै मेयरमा समेत एमालेलाई उछिन्दै अग्रता लिएको छ ।
गौर नगरपालिका
राजपा नेपाल– १६०१
एमाले– १५६२











प्रतिक्रिया