काठमाडौं, ४ असोज । नेपाल आयल निगमका निवर्तमान प्रमुख गोपालबहादुर खड्काले पुनर्वहालीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।
जग्गा खरिद घोटाला प्रकरणमा दोषी ठहर्याउँदै मन्त्रिपरिषदले बर्खास्त गरेलगत्तै निगमका निवर्तमान प्रमुख खड्काका तर्फबाट बुधबार मोतिलाल तामाङले पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
रिटमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ ।











प्रतिक्रिया