११ मंसिर २०८३, शुक्रबार

माधव नेपालको गृहजिल्लामा कांग्रेस र माओवादीबीच लफडा, पुनः मतगणनाको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ४ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत रौतहटमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी नतिजालाई लिएर विवाद भएको छ ।

रौतहटको गरुडा नगरपालिका–३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेपछि माओवादी केन्द्रले उक्त नतिजालाई अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेपछि दुई दलबीच तितक्ता बढेको हो । केन्द्रमा सरकार लागि र निर्वाचनमा समेत तालमेल गरेका बेला माओवादीले कांग्रेसको जित स्वीकार गर्न नसकेको हो ।

गरुडामा कांग्रेस उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मतसहित वडाध्यक्षमा विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार शैलदेवी सहनीले ३०७ मत प्राप्त गरिन् । एक भोटले हारेपछि माओवादी केन्द्रले कांग्रेसको जित स्वीकार गर्न नसकेको हो ।

गरुडा नगरपालिकाका मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले कांग्रेस उम्मेदवार एक भोटले विजयी भएको घोषणा गरिएलगत्तै माओवादी केन्द्रले पुनः मतगणनाको माग गर्दै निवेदन दिएको जानकारी दिए ।

माओवादीले आफूले चुनाव जितेको दाबी गर्दै झेल गरेर कांग्रेसलाई जिताएको आरोप लगाएको छ ।