
वीरगञ्ज, ४ असोज । वीरगञ्ज महानगरपालिकामा राजपा नेपालले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले १४०२ र उपमेयर १३७७ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले १२०० र उपमेयरमा १२८२ मतसहित पछ्याइ रहेका छन् । संघीय फोरमका मेयर उम्मेदवार विजय सारावगीले ६६६ र उपमेयरमा ६५८ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार रह्बर अन्सारीले ५५९ र उपमेयरमा ४३३ मत आएको छ । एमालेका मेयर उम्मेदवार बरुद्धिन अन्सारीले ५०७ र उपमेयरमा ५८४ मत पाएका छन् ।
फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवार विमल श्रीवास्तवले ३७० र उपमेयरमा ३०४ मत आएको छ ।











प्रतिक्रिया