काठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आएर काठमाडौंमा अवैध धन्दा चलाइरहेको खुलासा भएको छ । उनले केही दिनदेखि नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाइरहेको भेटिएको हो ।
स्रोतका अनुसार सन्नीले ‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्याडिसन होटलमा जुवा खेलाइरहेकी छन् । यसरी भारतबाट आएर अनुमति नलिई अवैध रुपमा जुवाको धन्दा चलाइरहँदा नेपाली प्रशासन भने बेखबर छ । प्रहरीलाई समेत कुनै जानकारी छैन् । सञ्चारमाध्यमबाट जानकारी पाएपछि प्रहरीले अब अनुसन्धान थालेको छ ।
प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले सन्नी लियोनी नेपाल आएर जुवा खेलाइरहेकोबारे सञ्चारमाध्यमबाटै सुन्नमा आएको र अनुसन्धान थालिएको बताए । उनले आफूहरुलाई यसबारे आधिकारिक जानकारी नभएको र नेपालमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध रहेको अवस्थामा खेलाएको भेटिए कारबाही गरिने स्पष्ट पारे ।
















प्रतिक्रिया