काठमाडौं । नायिका सुस्मा कार्कीले बलिउडका स्टार अभिनेता सलमान खानलाई भेटेकी छन् । सलमानसँग भेटका तस्वीर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेनमेन्ट ग्रुपले विजय दशमीको अवसर पारेर आयोजना गरेका शुभकामना साँझमा सहभागी हुन लण्डन पुगेकी सुष्माले ‘दबंग टुर युके’का लागि आफ्नो टिमसहित बेलायत पुगेका सलमानसँग भेट्ने अवसर पाएकी हुन् ।
सलमानलाई भेट्दा आफूले किस तथा केहीबेर गफ गरेको उनेका बताएकी छन् । ‘मैंले त किस पनि गरिदिएँ । हग गरें’, सुस्माले भनेकी छन्, ‘फोटो खिचेर केही बेर गफ गरें ।’

















प्रतिक्रिया