११ मंसिर २०८३, शुक्रबार

वीरगञ्ज महानगरपालिकामा कांग्रेस अगाडि, एमालेले कति मत पायो ?

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ४ असोज । वीरगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले लिड गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार अजय द्विवेदीले ४४६ मत पाएका छन् । उपमेयरमा कांग्रेसले ४२५ मत पाएको छ ।

दोस्रो स्थानमा राजपा नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले मेयर ३८० मत पाएका छन् । उपमेयरमा राजपाले ३७१ मत पाएको छ । बुधबार बिहानको मतपरिणाम अनुसार एमाले सबैभन्दा पुच्छारमा पुगेको छ ।

तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सारावगीले २४३ मत पाएका छन् । उपमेयर २४४ मत आएको छ ।

चौथो नम्बरमा माओवादी केन्द्र रहेको छ । मेयरका उम्मेदवार रह्बर अन्सारीले १७६ र उपमेयरमा १६४ मत एको छ ।

पाँचौ नम्बरमा रहेको नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेदवार विमल श्रीवास्तले १२० मत पाएका छन् । उपमेयरमा ९३ मत आएको छ ।

छौठौँ स्थानमा रहेको एमालेका मेयरका उम्मेदवार बसरुद्धिन अन्सारीले ८८ मत पाएका छन् । एमालेले उपमेयरमा ९६ मत पाएको छ ।