३० आश्विन २०८३, शुक्रबार

यी हुन् १८ अयोग्य सांसद, बचाउ गर्न अदालत पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ४ असोज । दक्षिण भारतीय राज्य तमिल नाडुको सत्ताधारी दल अन्ना द्रविडा मुन्नेत्रा खाजघामका विभिन्न १८ जना सांसदले सभामुख पि धनपालले कानून विपरीत हुनेगरी आँफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मङ्गलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् ।

सांसदहरूको निवेदन उपर सम्भवत बुधबार सुनुवाई हुनेछ । मङ्गलबार अयोग्य घोषणा गरिएका सांसदका वकीलले मद्रास उच्च अदालतमा आँफूमाथि लगाइएका अयोग्यको विल्लालाई रद्द गर्न निवेदन परेको छ,” उक्त अदालतका अधिकारीले बताए ।

“अदालतले यस बिषयमा सम्भवत बुधबार सुनुवाई गर्नेछ । ” राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमासमेत वर्तमान् मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दावी गरिएको छ ।

अयोग्य ठहर गरिएका १८ जना सांसदले नत आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएका जनाएका छन् ।

गत बर्ष आकष्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिल नाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ । – सिन्ह्वा