१५ कार्तिक २०८३, आइतबार

दरबारमार्गका व्यवसायीले एकसय प्रतिशतभन्दा धेरै नाफ राखेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

विभागका शाखा अधिकृत तथा दरबारमार्गको विषयका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार, व्यवसायीले दिएको बयानको आधारमा प्रतिवेदन तयार पारेका छौं ।

अनुसन्धानका क्रममा व्यवसायीले सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बिक्री गरेको पाइएको छ ।

व्यवसायीले भने कर्मचारी खर्च, भाडासहित गरेर ५ देखि २० प्रतिशत मात्रै नाफा राखेको दावी गरेका छन् ।

कानुनी रुपमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था भएकाले उनीहरूले सोही दाबी गरेका हुन् ।