
महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिवास नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।
वडा नम्बर एकको अध्यक्षमा माओवादी केन्द्रका चूडामणि पोखरेल निर्वाचित भएका हुन्। मेयरमा भने मुख्य तीन दलको प्रतिस्पर्धा देखिएको छ।
अहिलेसम्म जारी मतपरिणाम अनुसार, मेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार प्रह्लाद श्रेत्रीले ८६० मत ल्याएका छन् भने उपमेयर तारादेवी महतोले ४८५ मत ल्याएकी छिन्।
माओवादी केन्द्रका मेयर उम्मेदवार विदुर कार्कीले ५२८ मत ल्याएका छन् । उपमेयर कृष्णकुमारी गौतमले ५७६ मत ल्याएकी छिन्।
तेस्रो स्थानमा रहेका एमालेका मेयर उम्मेदवार सुरेशबहादुर राउतले ५०० ल्याएका छन् भने उपमेयर कमला वाइबाले ७९३ मत ल्यमएबी छिन्। राउत नायिका बर्षा राउतका पिता पनि हुन् ।











प्रतिक्रिया