११ मंसिर २०८३, शुक्रबार

वीरगञ्ज महानगर: राजपाको अग्रता, एमालेलाई नराम्रो धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगञ्ज महानगरको जारी मतगणनामा राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता लिइरहेको छ ।

अन्य ठाउँमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहे पनि वीरगञ्जमा भने एमालेको अबस्था अत्यन्तै निराशाजनक देखिएको छ ।

राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंह २३७ मत ल्याउँदै अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा रहेको काँग्रेसका कांग्रेसका अजय द्विवेदीले १९६ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी १३९ मतका साथ तेस्रो स्थानमा छन् । चौंथो स्थानमा रहेका माओवादी केन्द्रका रहबर अन्सारीले १०३ मत ल्याएका छन् ।

नेकपा एमालेका बसरुद्दीन अन्सारी भने पाँचौ स्थानमा छन् । उनले ७२ मत ल्याएका छन् ।

यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तव ७० मतका साथ अन्तिम स्थानमा छन् ।

उपमेयरमा पनि राजपाकै रम्भा मिश्रा २५१ मतका साथ पहिलो स्थानमा छिन्। उनलाई २०० मतका साथ नेपाल कांग्रेसकी शान्ति कार्कीले पछ्याइरहेकी छिन् ।

वीरगन्जको वडा नम्बर १, २, ३१ र ३२ को मतगणना भइरहेको छ ।