११ मंसिर २०८३, शुक्रबार

सप्तरीमा एमालेको आश्चर्यजनक मत, हेर्नुस् अपडेट

52.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमालेले आश्चर्यजनक मत पाएको छ ।

मेची-महाकाली अभियानका क्रममा मधेशी मोर्चाको अवरोधका कारणले चर्चामा आएको सप्तरीमा एमालेले आश्चर्यजनक मत पाएको हो । सप्तरीमा एमालेलाई कमजोर आंकलन गरिँदै आएको थियो ।

सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अन्य प्रतिष्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि छन्। सप्तकोशी–१ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको छ भने मेयरमा पनि प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छ ।

१७७७ मत गणना हुँदा मेयरमा एमालेले ८१५ मत पाएको छ । दोस्रोमा रहेको माओवादीले ३७६ मत पाएको छ । त्यसैगरी, काँग्रेस २१९ मतका साथ तेस्रो स्थानमा छ । राजपा र समाजवादी फोरमले भने उम्मेदवारी नै दिएका थिएनन्।