काठमाडौं । चर्चित गायिका मिलन अमात्यले पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेममा रहेकी मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट पति मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् ।
पारिवारिक सुत्रका अनुसार मिलनको डिभोर्सको मुख्य कारण साँगीतिक करियरमा पतिको असहयोग नै हो । त्यसयता दीपक लिम्बुसँग नजिकिनु पनि डिभोर्सको कारण बताइएको छ ।
मिलनसँग आफ्नो डिर्भोस भएको पति मेन्सनले पु्ष्टि गरेका छन् । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको अहिलेसम्म सन्तान छैनन् ।
भारतमा समेत जमेकी गायिका मिलनले ‘गाला रातै, स्लोली स्लोली’ जस्ता चर्चित गीतहरुमा स्वर दिएकी छन् ।















प्रतिक्रिया