१५ कार्तिक २०८३, आइतबार

सुविधा लिन पावरवालाहरूले गरे यस्तो निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने उदेश्यले ल्याइएको विधेयक आइतबार उपसमितिबाट पारित भएको छ ।

राज्यव्वस्था समितिले गठन गरेको उपसमितिको बैठकले सो विधेयक पारित गरेको हो । आजका पत्रपत्रिकाहरूले समाचार छापेका छन् ।

पारित प्रतिवेदनमा पूर्व पदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष उल्लेख गरेको छ ।

सो शब्दले संविधानसभाका सदस्य, व्यवस्थापिका सांसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यसमेत भएको प्रतिवेदनमा उल्लेख छ ।