काठमाडौं, १ असोज । भारतको नाकाबन्दीका बेला ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणिज्यय तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीन दिने स्पष्टीकरण सोधे ।
खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुन समक्ष पेस गरे । नागरिक दैनिकले समाचार छापेको छ ।
वाईसिएल कमान्ड सम्हालेर मन्त्रालयको नेतृत्वमा आएका पुन पनि कारबाही गरेर आयल निगमलाई सुधार्ने मुडमा थिए ।
विडम्बना उच्च रानीतिक शक्ति केन्द्र र दलाल समूहको सहयोगमा खड्काका सामु मन्त्री पुनको केही चलेन । अन्ततः पुन खड्कालाई कारबाही गर्न अघि सरेनन् ।












प्रतिक्रिया