३ कार्तिक २०८३, मंगलबार

घन्किने छ नेपथ्यको संगीतले कोरिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन बराल

दक्षिण कोरिया । कोेरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूृृर्ण भुमिका निर्बाहगर्ने हेतुले कास्की परिवार दक्षिण कोरियाले माछापुच्र्छे सांगीतिक सौगात भाग–३ नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड लाईभ कन्र्सट सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अक्टोबर ४ तारिखका दिन भब्यताका साथ सम्पन्न गर्ने बताएको छ ।

बिश्वका ख्यातीप्राप्त गायक एंवम संगीतकारले कन्र्सट दिएको ठाँउ बेलायतको ओटु एकेडेमी विक्सटनमा कन्र्सट गरेर नेपथ्य ब्याण्ड अन्तराष्ट्रियस्तरको साबित भएसँगै देश बिदेशमा समेत यसको चर्चा रहिरहन्छ ।

लोकभाकाका गीतलाई त्यसको मेलोडी नहटाई गाँउन सक्ने सामथ्र्य हुँने हुँदा नयाँपुस्ताले मनपराउँने पपशैलीमा गाउँन सक्ने यो समुहको मुख्य बिशेषता सँगै छेक्यो छेक्यो देउराली डाँडाँ देखि साः कर्णाली देखि हालसम्म नौ वटा एल्बम नेपथ्य ब्याण्डले बजारमा ल्याएको छ जुन साच्चिकै चर्चा गर्न लाएकका छन् ।

अमृत गुरुङ्गको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने छन् ।