१५ कार्तिक २०८३, आइतबार

अपराध र ज्यान मार्ने पनि राष्ट्रपति बन्न पाउने

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ ।

सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२ (ङ) मा ती व्यवस्था उल्लेख छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई भुक्तान गरेको मितिले ६ वर्ष पूरा गरेपछि राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न योग्य हुने उल्लेख छ ।