३ कार्तिक २०८३, मंगलबार

‘मंगलम’को गीतबाट गायिका विन्दु उत्साहित

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका विन्दु परियार र कृष्ण काफ्लेको स्वर रहेको फिल्म ‘मंगलम’को ‘पर्ख पर्ख…’ गीत रिलिज भएको थोरै समयमा चर्चा पाउन सफल भएको छ । यो गीतलाई युट्युवमा ११ लाखभन्दा धेरैले भिजिट गरिसकेका छन् ।

गायिका परियारले ‘मंगलम’को गीतबाट राम्रो अपेक्षा लिएको बताइन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन . ‘गीत राम्रो चलेको छ । मैले सोँचेभन्दा धेरै राम्रो गीत बनेको रहेछ’, उनले भनिन् । ठूलो व्यानरको प्रोजेक्टमा काम गर्नुको मज्जा अर्कै हुने उनको भनाइ छ । टिमले गरेको प्रयास साँच्चिकै उत्कृष्ट रहेको गायिका परियारको भनाइ छ । ‘थुप्रै गीतहरूमा स्वर दिएकी छु’, गायिका परियारले भनिन्, ‘मंगलमको ‘पर्ख पर्ख…’ बोलको गीतबाट अलिक धेरै उत्साहित भएकी छु ।’

संगीतको क्लास लिइरहेकी गायिका परियारले प्रत्येक दिन विहान रियाज गर्ने गरेको बताइन् । ‘संगीत सिक्दै गरेको छु’, उनले भनिन्, ‘गीतसंगीतको क्षेत्रमा जति गरे पनि कम हुन्छ । रियाज नै सबैभन्दा ठूलो कुरा हो ।’

गीतको शब्द र संगीत दीपक शर्माको हो । गीतमा शिल्पा पोखरेल र पुष्प खड्काले नृत्य गरेका छन् । गीतमा नृत्य कविराज गहतराजको छ । यो फिल्मको प्रस्तुतकर्ता शिल्पा पोखरेल हुन् ।

छविराज ओझाको फिल्म ‘मंगलम’ दसैँमा रिलिज हुने भनिए पनि फागुनमा मात्रै रिलिज हुनेछ । केही प्राविधिक कारण ‘मंगलम’को रिलिज डेट सरेको हो ।