३० आश्विन २०८३, शुक्रबार

केपी ओलीले मधेसका लागि के के गरे ? यसकारण मधेसी जनताले एमालेलाई भोट दिनुपर्छ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शंकर पोखरेल

केपी ओली नेतृत्वको एमाले सरकारले २ नम्वर प्रदेशको समृद्धिका लागि अघि सारेका विकासका रणनीतिक योजनाहरुः

के यस्ता ठूला रणनीतिक महत्वका आयोजनाहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वको सरकारले अघि सारेका थिए ? के मधेस केन्द्रीत दलका नेताहरु सरकारमा रहदा यस्ता महत्वपूर्ण कार्यक्रम अघि सार्न सकेका थिए ? अवश्य थिएनन् । त्यसैले असोज २ गतेको मतदानमा दुई नम्बर प्रदेशको समृद्धिका लागि एमाले नै रोजौ । सूर्य चिन्हमा छाप लगाउ ।

– पहिलो चरणको हुलाकी सडक निर्माण । (रु. ४ अर्ब २० करोड)

– पूर्वपश्चिम राजमार्गसंग तराईका सदरमुकाम जोड्ने ४ लेनको सडक (रु. ३ अर्ब)

– तराई मधेशका जिल्ला सदरमुकामलाई व्यावसायिक केन्द्रको रुपमा विकास गर्न (रु. ९ अर्ब)

– समृद्ध तराई मधेश सिंचाई विकास कार्यक्रम (रु. २ अर्ब ३० करोड)

– मध्य तराईको सिचाई समस्याको समाधान गर्न सुनकोशी मरिन डाइभर्सन (प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको योजनाका रुपमा) ।

– बाग्मती सिचाई आयोजना । (आयोजना सम्पन्न गर्न माग अनुसारको बजेट)

– चुरे लगायत तराई मधेशका प्राकृतिक स्रोतहरुको संरक्षण कार्यक्रम (रु. १ अर्ब ८८ करोड)

– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण (जग्गा अधिकरणका लागि आवश्यक पर्ने रकम)

– तराई मधेशको पछि परेको क्षेत्र सीमा क्षेत्र विकास कार्यक्रम (रु. १ अर्ब)

– मुक्त कमैया र हलिया पुनस्र्थापना कार्यक्रम (रु १ अर्ब १० करोड)

– महोत्तरीको बर्दिवासमा मेडिकल कलेज स्थापना ।

– सर्लाहीको मुर्तियामा औद्योगिक क्षेत्रको स्थापना ।

– बाराको सिमरामा तयारी पोषाक उद्योग क्षेत्रको स्थापना ।

– तराईका २० जिल्लामा आर्से्निकयुक्त पानीको असर कम गर्न खानेपानी सुधार कार्यक्रम ।

– तराई मधेस केन्द्रीत जनता आवास कार्यक्रम र जनता तटबन्ध कार्यक्रमलाई निरन्तरता ।

– मिथिला कलाको अन्वेषण र विकास कार्यक्रम ।

– हुलाकी राजमार्गमा अप्टिकल फाइवर विछ्याउने कार्यक्रम ।

– जनकपुरका ऐतिहासिक तथा धार्मिक क्षेत्र विकासको गुरुयोजना कार्यान्वयन ।

– सप्तरीको छिन्नमस्ता र सिरहाको सहलेस फुलवारी क्षेत्रको विकासको गुरुयोजना निर्माण ।

– धनुषा र पर्सामा क्रिकेट मैदानको निर्माण आदी

के यस्ता ठूला रणनीतिक महत्वका आयोजनाहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वको सरकारले अघि सारेका थिए ? के मधेस केन्द्रीत दलका नेताहरु सरकारमा रहदा यस्ता महत्वपूर्ण कार्यक्रम अघि सार्न सकेका थिए ? अवश्य थिएनन् । त्यसैले असोज २ गतेको मतदानमा दुई नम्बर प्रदेशको समृद्धिका लागि एमाले नै रोजौ । सूर्य चिन्हमा छाप लगाउ ।

(पोखरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।)